एसईई दिएर बसेका विद्यार्थीका लागि ओपन हाउस

एसईई दिएर बसेका विद्यार्थीका लागि ओपन हाउस

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ओपन हाउस कार्यक्रम गरिने भएको छ । 

भोलि शनिबार भक्तपुरको गुन्डुस्थित काठमाडौं वल्र्ड स्कुलमा ओपन हाउस २०२३ हुन लागेको हो । विद्यार्थीहरुलाई एसईईपछि के पढ्दा उचित हुन्छ ? भनेर दिशानिर्देश गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागेको स्कुलले जनाएको छ । 

कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ । स्कुलका प्रिन्सिपल केशर खुलालका अनुसार भोलि बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म स्कुल परिसरमा कार्यक्रम हुनेछ । 

काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) सहित विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रममा सहभागिता जनाउन चाहाने विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने बताएका प्रिन्सिपल खुलालले प्रवेश निःशुल्क हुने जानकारी दिए । 

योसँगै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न सक्ने बताइएको छ ।

टिप्पणीहरू