शिक्षकलाई दलको सदस्यता त्याग्न निर्देशन

शिक्षकलाई दलको सदस्यता त्याग्न निर्देशन

कपिलवस्तुको शिवराज नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई राजनीतिक दलको सदस्यता परित्याग गर्न निर्देशन दिएको छ ।

नगरपालिले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कुनै पनि दलको कार्यकारी पद वा सदस्यता लिएको भए राजीनामा दिन प्रष्ट निर्देशन दिएको हो । 

सूचनामा भनिएको छ, ‘नगरपालिकाभित्र कार्यरत शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पद वा सदस्यता लिएको भए पाँच दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा लिई सोको जानकारी गराउन निर्देशनानुसार अनुरोध छ ।’

नगरपालिकाले अटेरी गरेमा वा पछि प्रमाणसहित राजनीतिक दलको सदस्यतासम्बन्धी उजुरी आएमा कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने चेतावनीसमेत दिएको छ ।
 

टिप्पणीहरू