एमाले र रास्वपाको विरोधपछि सदन अवरुद्ध

एमाले र रास्वपाको विरोधपछि सदन अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । 

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध यी दुई दलका सांसदहरु विरोधमा उत्रिएपछि आजको बैठक प्रभावित भएको हो । उनीहरुले उठेर विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने र यसबारे सरकारबाट जवाफ नआउँदासम्म सदन चल्न नदिने लिए । 

सभामुख देवराज घिमिरेले पटक पटक सदन चल्न दिन अनुरोध गर्दा पनि एमाले र रास्वपाका सांसदहरुले नमानेपछि १५ मीनेटका लागि बैठक स्थगित भएको छ  । 

सभामुख घिमिरेले आजै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

टिप्पणीहरू