काँग्रेस माननीयद्वारा विमानस्थलमा १४ जना भारतीयको स्वागत

काँग्रेस माननीयद्वारा विमानस्थलमा १४ जना भारतीयको स्वागत

भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत काठमाडौं आएका छन् । उनी १४ जनाको टोलीका साथ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

नयाँ दिल्लीबाट इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ११५५ मा आएका रावतको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपाली काँग्रेसका नेता तथा सांसद दिपक गिरीले स्वागत गरेको बताइएको  छ ।

गिरीको स्वागतपछि भारतीय पाहुनाहरु ललितपुरको कुपण्डोलस्थित होटल हिमालय गएका छन् । टोलीमा श्रीमती सुनिता रावत, छोरीहरु कृति रावत र श्रृजा रावत छन् । त्यसैगरी उत्तराखण्ड राज्य बार काउन्सिलका पूर्वअध्यक्ष पृथ्वीराज चौहान र उनकी श्रीमती मीना चौहान, छोरी सुभाङ्गी चौहान पनि नेपाल आएका हुन् ।

प्राप्त विवरणअनुसार नेपाल आएका अन्यमा यशवन्त रावत, श्रीमती सुनिता रावत, सुयश रावत, आरण्य रावत, श्रीमती अभय सिंह रावत, श्रीमती पूजा रावत, उमेश कुमार पनि हुन् । टोलीको आगामी मंगलबार दिउँसो ४ बजे नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू