एयरपोर्ट सुधारको छलफलमा पर्यटनमन्त्रीलाई साक्षी राख्ने तयारी

एयरपोर्ट सुधारको छलफलमा पर्यटनमन्त्रीलाई साक्षी राख्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न समस्याको पहिचान र समाधानका उपायबारे छलफल गर्न लागिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरणले बिहान ११ बजेदेखि छलफल थाल्ने जनाइएको छ । हवाई सुरक्षा व्यवस्थापन महाशाखा प्रमुख बच्चुराम श्रेष्ठले हिजो सशस्त्र प्रहरी बल इकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरलाई पत्राचार गर्दै उक्त कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेका हुन् । 

मन्त्री किराँतीको उपस्थितिमा विमानस्थलमा पटक पटक उत्पन्न समस्याको पहिचान र समाधानका उपायका बारेमा छलफल हुने भएकाले त्यसमा सहभागिता जनाउन सशस्त्र प्रहरी बललाईसमेत निम्तो गरिएको हो ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किराँतीको समुपस्थितिमा यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटक–पटक उत्पन्न समस्याहरुको पहिचान र समाधानका उपायहरु सम्बन्धमा छलफल हुने भएकाले कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिन्छ,’ प्रेषित पत्रमा उल्लेख छ ।

टिप्पणीहरू