प्रचण्ड   

प्रधानमन्त्रीद्वारा अर्को उथलपुथलको संकेत, जसरी पनि पद टिकाउनतिर नलाग्ने

एक वर्षमा तीनपटक सत्ता समीकरण बदलेर आलोचित हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को परिवर्तनको संकेत गर्नुभएको छ ।  पदमात्रै ओगटेर बस्ने मनसायमा आफू नरहेको प्रष्ट पार्दै उहाँले जुनसुकै बेला समीकरण परिवर्तन हुनसक्ने सम्भावनाको संकेत दिनुभएको छ । आज राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको पनि बताउनुभयो ।  ‘मैले भन्ने गरेको छु–कामै गर्न नसकिने भय…