मधेश प्रदेश सभा

जनमतका सदस्यहरुको नाराबाजीपछि मधेश प्रदेशसभा बैठक स्थगित

आज बोलाइएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको चौथो पटक विश्वासको मतका लागि राखिएकोे प्रदेश सभाको बैठक जनमत पार्टीका सदस्यहरुको अवरोधपछि रोकिएको छ ।  प्रदेश सभाको बैठक १० मीनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका छन् । जनमत पार्टीका सांसद चन्दन सिंहले २०८० माघ ८ गते सप्तरीमा कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रममा आफ्नो पार्टीका सांसद तथा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवहरुमाथि भएको आक्रम…