लगानी सम्मेलन बाहिर सेयर कारोबारीहरुको विरोध, विश्व बैंकका उपाध्यक्षको पनि आगमन

लगानी सम्मेलन बाहिर सेयर कारोबारीहरुको विरोध, विश्व बैंकका उपाध्यक्षको पनि आगमन

राजधानीमा शुरु भएको तेस्रो लगानी सम्मेलनमा विश्व बैंकका भाइस प्रसिडेन्ट मार्टिन रेजर पनि सहभागी हुन लागेका छन् । उनी गएराति सवा १२ बजे श्रीमती मारिया मुलर गुर्टुडसँगै काठमाडौं आइपुगेका हुन् ।

उनी कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहा हुँदै आएको बुझिएको छ ।

राजधानीको सोल्टी होटलमा लगानी सम्मेलन २०२४ शुरु भएको छ । इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट २०२४ मा नेपालसहित ५५ मुलुकका १६ सयभन्दा बढी सहभागी रहेको इन्भेष्टमेन्ट बोर्डले जनाएको छ ।

पुँजी बजार सुधार र विस्तारका लागि आन्दोलन परिचालन समितिले सोल्टीमोडमा विरोध कार्यक्रम राखेको छ । उनीहरु बिहान साढे ७ बजेदेखि आन्दोलनमा उत्रेका छन् ।
 

टिप्पणीहरू