कर्मचारीतिर पनि कमरेडी कोलाहल

कर्मचारीतिर पनि कमरेडी कोलाहल
सुन्नुहोस्

पार्टी फुटेपछि कार्यकर्ताहरु एका–एकातिर लाग्छन्, तर कतिपय कर्मचारी कतै पनि नलागिदिँदा एमाले र समाजवादी, दुबै समस्यामा छन् । 

अर्धभूमिगत शैलीमा पेशाकर्मी तथा कर्मचारीलाई संगठित गर्ने दुबैतिरको पार्टी कमिटीमा सदस्यता नवीकरणको दर निकै कम छ । एमालेतिर कर्मचारीको सदस्यता नवीकरण ३३ प्रतिशत पनि कट्न सकेन ।

समाजवादीमा त्यही हालत छ । एमाले एक हुँदैमा माधव नेपालपक्षको वर्चस्व रहने गरेको पेशागत महासंघको लैनचौरस्थित भवन अहिले पनि उसकै कब्जामा छ । उक्त पार्टीले झलनाथ खनालका भाइ प्रेमलको अध्यक्षतामा महासंघ चलाएको छ भने एमालेले पूर्वकर्मचारी नेता पुण्य ढकाललाई अध्यक्ष बनाएको छ । दुबै महासंघ एकै समय नवीकरणका निम्ति श्रम कार्यालयमा पुगेपछि दुबैको काम रोकिएको छ । प्रेमल नेतृत्वको महासंघले नवीकरण रोकिएको भन्दै श्रम अदालतमा मुद्दा दायर गरेको थियो । अहिलेसम्म छिनोफानो भएको छैन ।

यस्तै झगडा निजामती कर्मचारी संगठनका सन्दर्भमा पनि चल्यो । तर, समाजवादीहरुले एकीकृत सरकारी कर्मचारी संगठनका नाममा अलग्गै संस्था दर्ता गरेपछि बबरमहलस्थित संगठनको कार्यालय एमालेको भागमा परेको थियो । त्यहाँ दुई पक्षका कर्मचारीबीच झडप नै भयो । लामो समय प्रहरीले ताला लगाएर कार्यालय बन्द गरेको थियो । तर, एक पक्षले अर्कै नाममा संस्था दर्ता गरेपछि बल्ल झगडा साम्य भएको हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू