भारतीय प्रधानन्यायाधीश र्याडिसनबाट पाटन दरबार क्षेत्रमा

भारतीय प्रधानन्यायाधीश र्याडिसनबाट पाटन दरबार क्षेत्रमा
सुन्नुहोस्

नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड पाटनको मंगलबजार पुग्नुभएको छ । नेपाल भ्रमणको क्रममा हिजो अपरान्ह काठमाडौं आइपुग्नुभएको उहाँले यसअघि होटल र्याडिसनमा आयोजित बाल न्यायसम्बन्धी गोष्ठीलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । 

बाल न्यायसमितिका अध्यक्ष एवम् सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो । 

कार्यक्रममा कानुनमन्त्री पदम गिरी, महिला तथा बालबालिकामन्त्री भगवती चौधरी, युनिसेफ प्रतिनिधि एलिस अकुंगा, सर्वोच्चका न्यायाधीशहरुको उपस्थिति रहेको बताइएको छ । 

भारतीय प्रधानन्यायाधीश डा. धनञ्जय आज बिहान पशुपतिनाथको दर्शनका लागि पशुपति मन्दिर पुग्नुभएको थियो । साँझ होटल सोल्टीमा रात्रिभोजसहितको कार्यक्रम राखिएको छ ।

भोलि बिहान सेनाको हेलिकोप्टरमा मुक्तिनाथ पुगेर फर्केपछि अपरान्ह ५ बजे नयाँ दिल्ली फर्कने कार्यक्रम छ । भारतीय बहालरत प्रधानन्यायाधीशले नेपाल भ्रमण गरेको यो पहिलो पटक भएको सर्वोच्च स्रोतको दाबी छ ।

टिप्पणीहरू