के हो रवि-ओली,प्रचण्ड-ओली आकस्मिक भेटको अन्तर्य ?

के हो रवि-ओली,प्रचण्ड-ओली आकस्मिक भेटको अन्तर्य ?
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नतावाला विषय पेचिलो बन्दै जाँदा सरकारको स्थायित्वलाई लिएर अनेक चर्चा भैरहँदा सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । 

हिजो राति गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफ्नै निवासमा भेटवार्ता गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ । 

प्रधानमन्त्री र अध्यक्ष ओलीबीच बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो । भेटमा उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । 

लामिछाने सहकारी काण्डलाई बिषयान्तर गर्न केही न केही नयाँ फण्डा निकाल्ने धुनमा रहेको प्रधानमन्त्री निकट सहयोगीहरुको बुझाई छ । यसक्रममा भुटानी शरणार्थी प्रकरणलाई लिएर आरजू देउवार मन्जु खाँणसहित दुइटा नागरिकता प्रकरणमा कैलाश सिरोहिया (कान्तिपुर) र लाइसेन्स प्रकरणमा क्याप्टेन रामेश्वर थापा (अन्नपूर्ण पोस्ट) लाई चलाउने कोशिश हुनसक्छ ।

गृहमन्त्री लामिछाने गएराति ९ बजे ओली भेट्न बालकोट पुग्नुभएको थियो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गरिरहेको अवस्थाले चर्को दबाबमा परेका लामिछाने मध्यराति बालकोट पुग्नु र आज ओलीले प्रधानमन्त्री भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

लामिछाने सहकारी काण्डलाई बिषयान्तर गर्न केही न केही नयाँ फण्डा निकाल्ने धुनमा रहेको प्रधानमन्त्री निकट सहयोगीहरुको बुझाई छ । यसक्रममा भुटानी शरणार्थी प्रकरणलाई लिएर आरजू देउवार मन्जु खाँणसहित दुइटा नागरिकता प्रकरणमा कैलाश सिरोहिया (कान्तिपुर) र लाइसेन्स प्रकरणमा क्याप्टेन रामेश्वर थापा (अन्नपूर्ण पोस्ट) लाई चलाउने कोशिश हुनसक्छ ।

कथँ यतातिर भ्याट्ट हात हाल्दा सत्ता गठवन्धनको पूर्ण साथ चाहिने हुन्छ । हिजो र आजको भेटको अन्तर्निहित उध्देश्य यही हुनसक्ने राजनैतिक बिश्लेषकहरुको धारणा छ ।

टिप्पणीहरू