पोखरालगायत विमानस्थल आज पनि बन्द

पोखरालगायत विमानस्थल आज पनि बन्द

बाक्लो तुँवालो र डढेलोको धुँवाका कारण पोखरा विमानस्थलमा आज पनि उडान भएको छैन । हिजो २५ वटा उडान रद्ध भएको थियो ।

हिजो बुद्ध एअरका १३, यती एअरलाइन्सको आठ र श्री एअरको तीन उडान रद्ध भएको थियो । 

हिजो सुर्खेत र तुम्लिङटारमा पनि उडान नभएको बताइएको छ । तुम्लिङटारमा बुद्ध एअरको एउटा उडान रद्ध भएको हो । सुर्खेतमा बुद्ध र श्री एअरको एक एकवटा उडान रद्ध भएको थियो ।

खराब मौसमका कारण सुर्खेत विमानस्थल आज पनि बन्द गरिएको छ ।

टिप्पणीहरू