रुसको बन्दुक बोक्दा नेपालीलाई यतिसम्म क्षति

रुसको बन्दुक बोक्दा  नेपालीलाई यतिसम्म क्षति

युक्रेनसँग लड्न रुसी सेनामा भर्ना भएका नेपालीको आधिकारिक संख्या २९५ पुगेको छ । तीमध्ये २२ जनाको ज्यान गइसकेको छ ।

यसबीच भर्ना भएकामध्ये ६८ जना स्वदेश फर्केका छन् । युद्धको क्रममा छ जनालाई युक्रेनले बन्धक बनाएर राखेको छ । 

रुस–युक्रेन युद्धको आज ७८५ दिन पुगेको छ । युद्धका कारण युक्रेनका ३१ हजार बढी सैनिक र रुसी ५० हजार सैनिक मारिएको विभिन्न समाचार एजेन्सीले बताएका छन् । सर्वसाधारणको हताहती योभन्दा धेरै भएको अनुमान छ ।

टिप्पणीहरू