ताइवानमा रातभर भूकम्पको धक्का

ताइवानमा रातभर भूकम्पको धक्का फाेटाे : राेयटर्स ।

ताइवानामा गएरातिदेखि आज बिहानसम्म निरन्तर भूकम्प गएको छ । राति ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएपछि बिहानसम्म ८० वटा परकम्प महशुस गरिएको छ ।

पूर्वी तटीय क्षेत्रमा गएको भूकम्पको धक्का महशुस ताइवानको राजधानी ताइपेइसम्म गरिएको बताइन्छ । 

तीन साताअघि पनि ताइवानको पूर्वी भागमा ७ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो क्रममा १३ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए । 

गएरातिको भूकम्पमा भएको मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । भवन र भौतिक संरचनामा भने असर परेको बताइन्छ । ताइवान पनि भूकम्पीय उच्च जोखिम क्षेत्रमा पर्छ । यसअघि सन् २०१६ मा दक्षिणी ताइवानमा गएको शक्तिशाली भूकम्पमा एक सय जनाभन्दा बढी र सन् १९९९ मा दुई हजारभन्दा धेरैको ज्यान गएको थियो ।

टिप्पणीहरू