अध्ययन बिदामा बसेका उपप्राध्यापकहरु सँधै अनुपस्थित

अध्ययन बिदामा बसेका उपप्राध्यापकहरु सँधै अनुपस्थित
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायअन्तर्गत अंग्रेजी शिक्षा विभागका उपप्राध्यापक लक्ष्मीप्रसाद ओझा र जगदीश पौडेललाई स्पष्टीकरण सोधिएको छ । 

लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनीहरुलाई त्रिवि रजिष्ट्रारको कार्यालय, कर्मचारी प्रशासन महाशाखाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन सूचित गरेको छ ।

अन्यथा, सेवाबाट हटाउने चेतावनी दिइएको छ । महाशाखाका अनुसार उपप्राध्यापक ओझाले २०७५ साउन २० गतेदेखि ०८० साउन २० गतेसम्मका लागि पाँच वर्षे अध्ययन बिदा स्वीकृत गराएका थिए । 

त्यस्तै, उपप्राध्याक पौडेलले भने २०७६ भदौ १ गतेदेखि ०८० साउन मसान्तसम्मका लागि चार वर्षे अध्ययन बिदा स्वीकृत गराएका थिए । उक्त बिदाको स्वीकृत अवधि समाप्त भई उनीहरु विभागमा हाजिर हुनुपर्ने हालसम्म नभएको जनाइएको छ । 

सूचनामा लेखिएको छ, ‘त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को परिच्छेद–९ को नियम ६५ मा बिदा तोकी तोकिएको बिदाको लागि तोकिएबमोजिम स्वीकृति नलिई काममा अनुपस्थित हुनु हुँदैन र लगातार ९० दिनसम्म बिना सूचना विभागमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिने प्रावधान रहेकोले सोहीबमोजिम विश्वविद्यालय सेवाबाट किन नहटाउने ?’
 

टिप्पणीहरू