हनुमानढोकामा सेनाले गर्यो निशान पूजा

हनुमानढोकामा सेनाले गर्यो निशान पूजा
सुन्नुहोस्

नेपाली सेनाले काठमाडौंको हनुमानढोकाभित्र चैतेदशैं पूजा गरेको छ । आज अष्टमीको दिन रणभैरव गणभित्र रणभैरव गणको चैते दशैं मूल समारोह समितिको आयोजनामा सेनाको निशान पूजा गरिएको बताइएको छ । 

समारोहमा उपस्थितहरुबीच शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा बलाधिकृत रथी अशोक सिग्देल, उपरथी दिपककुमार बानियाँ, उपत्यका पृतनापति विष्णुबहादुर राउत, १ नम्बर बाहिनीपति सहायक रथी पवन खत्रीलगायत झण्डै तीन सय जनाको उपस्थिति रहेको बुझिएको छ ।

टिप्पणीहरू