विद्यालयको नाम नेपालीमा राख्न निर्देशन

विद्यालयको नाम नेपालीमा राख्न निर्देशन

काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नेपाली नाम राख्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै नेपाली वा नेपालीपन झल्कने नाम राख्न भनेको हो । 

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने सूचनामा उल्लेख छ । 

विद्यालयको नामाकरण प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित महानगरको शिक्षा विभागमा निवेदन पेश गर्न भनिएको छ । 

‘काठमाडौं महानगरपालिकाअन्तर्गतका अधिंकाश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्थाबमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरुले नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नुहुन अनुरोध छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू