टौदहमा सशस्त्रको प्रतिकार्य अभ्यास (फोटो फिचर)

टौदहमा सशस्त्रको प्रतिकार्य अभ्यास (फोटो फिचर)
सुन्नुहोस्

सशस्त्र प्रहरी बल नेपालले वर्षायाममा हुनसक्ने सम्भावित विपद्का घटनाहरुको प्रतिकार्य अभ्यास गरेको छ । सशस्त्रको नम्बर–९ पशुपतिनाथ बाहिनीले कीर्तिपुरको टौदहमामा बाढी, पहिरो र डुबानको बेला गरिने उद्धारको अभ्यास गरेको जनाएको छ ।

 

‘मनसुन २’ अभ्यास भनिएको कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले यस प्रकारको अभ्यासले विपद्को बेला नागरिकको ज्यान बचाउन ठूलो भूमिका खेल्ने बताए । यसअघि पनि सशस्त्रले आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्प जस्ता विपद्जन्य घटनामा खोज तथा उद्दार कार्य गर्दै आएको उनले जानकारी दिएका छन् ।

बाहिनी प्रमुख एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापाले प्रतिकार्य अभ्यासले विगतमा भएका विपद्का धेरै घटनामा मानवीय उद्दारलगायत कार्यमा सहयोग पुगेको बताए । आफूहरुले कलेज, स्कुल, होटल तथा स्थानिय निकायहरुसँग आवश्यक समन्वय गरी विपद् सम्बन्धी सचेतनामूलक कक्षाहरु समेत सञ्चालन गर्दै आएको थापाको भनाई छ ।

कार्यक्रममा गृह मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि, विभिन्न सुरक्षा निकायका प्रतिनिधि एवम् स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

 

अभ्यासमा गोताखोर तालिम लिएका दक्ष जनशक्तिले पानीमा डुबेका पीडितहरूको उद्धारको कला प्रदर्शन गरेका थिए ।

 

 

 

टिप्पणीहरू