राष्ट्रपति पुल उद्घाटनका लागि भरतपुर जाँदै
राष्ट्रपति रामचन्द्र पौडेल चितवन जान लाग्नुभएको छ । उहाँ चितवन र तनहुँलाई जोड्ने ठिमुराको पुलको उद्घाटनका लागि भरतपुर हुुँदै देवघाट जान लाग्नुभएको बताइएको छ ।
राष्ट्रपति भोलि मध्यान्ह १२ बजे भरतपुर विमानस्थल र साढे १२ बजे देवघाट पुग्ने कार्यक्रम छ । भरतपुर महानगरपालिका १ मा निर्मित ठिमुरा पुलको उद्घाटन राष्ट्रपतिबाट गर्न लागिएको हो ।
टिप्पणीहरू