राप्रपाले इलाममा लक्ष्मीलाई भिडाउने

राप्रपाले इलाममा लक्ष्मीलाई भिडाउने
सुन्नुहोस्

पूर्वपञ्चहरुको पार्टी राप्रपाबाट इलाम–२ को उपचुनावमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउन लागिएको छ ।

आज बसेको पार्टीको संसदीय समिति बैठकले गुरुङलाई अघि सार्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाको विद्यार्थी संगठनका पूर्वकेन्द्रीय उपाध्यक्ष रहेका गुरुङ अहिले शिक्षा विभाग सदस्य छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रतिनिधिसभा सदस्य रिक्त इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपचुनावका लागि प्रमुख पार्टीहरु उम्मेदवार चयनको प्रक्रियामा छन् । 

उपचुनावमा सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारीमा छन् । एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङले टिकट पाउँदा नेकपा एकीकृत समाजवादीले जीतबहादुर राईलाई प्रतिस्पर्धामा उतार्ने भएको छ । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने नाम टुंगो लगाइसकेका छैनन् ।

नेपाली काँग्रेसले पनि उम्मेदवारको नामबारे कुनै निर्णय गरिसकेको छैन ।

टिप्पणीहरू