आरजू राणाद्वारा पोषणमा बजेट माग

आरजू राणाद्वारा पोषणमा बजेट माग
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा सो पार्टीकी सांसद डा. आरजु राणाले पोषणको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ । 

आज ललितपुरमा आयोजित ‘नेशनल कन्सल्टेटिभ वर्कशप अन न्युत्रिसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो माग राख्नुभएको हो । त्यसक्रममा राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्नेमा पनि जोड दिनुभयो । 

बालबालिकाले पाउने पोषणका आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने उल्लेख गर्दै उहाँले त्यसनिम्ति राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद राणाले पोषणलाई नीतिगत प्राथमिकतामा पार्न तीनै तहका सरकारले पहल लिनु जरुरी भैसकेको पनि उल्लेख गर्नुभयो ।  

उहाँले कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा आफू रहेकोसमेत सो क्रममा जानकारी दिनुभयो ।

टिप्पणीहरू