आयरल्यान्ड 'ए 'लाई १९९ रनको टार्गेट

आयरल्यान्ड 'ए 'लाई १९९ रनको टार्गेट

नेपाल विरुद्धको दोस्रो टि-ट्वान्टी खेलमा आयरल्यान्ड ‘ए’ ले १९९ रनको लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । 

त्यस्तै, कुशल मल्लले ३४ रनको योगदान गर्दा कप्तान रोहित पौडेल ३३ रनमा आउट भए । कुशल भुर्तेलले २५, सन्दिप जोराले २१, आसिफ शेखले ११, अनिल साहले १२ रन जोडे । 

आयरल्याण्डका म्याथ्यु फोस्टरले ३, बेन ह्वाइटले २ तथा फ़िओन ह्याण्ड र ग्याभिन होईले एक-एक विकेट लिए । आयरल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 

 दुई खेलको शृंखलाअन्तर्गत हिजो भएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आजको नतिजा नेपालको पक्षमा गए शृंखला जित्नेछ भने आयरल्याण्डले जिते बराबरी हुनेछ ।

टिप्पणीहरू