टि-२० विश्वकपमा नेपालको नयाँ जर्सी

टि-२० विश्वकपमा नेपालको नयाँ जर्सी
सुन्नुहोस्

ट्वान्टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज काठमाडौँमा एक कार्यक्रम आयोजना गरि नयाँ जर्सी सार्वजनिक गरेको हो । 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नयाँ जर्सी सार्वजनिक गरे । विश्वकपमा नेपाली खेलाडीले लगाएर खेल्ने सो जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । 

त्यस्तै, अगाडिको मुख्य भागमा 'नेपाल' लेखिएको छ भने बायाँतर्फ क्यान र जर्सी निर्माण गर्ने कम्पनी केल्मीको लोगो राखिएको छ । जर्सीको दुवै बाहुलामा नेपालको झण्डा छ । पछाडिको भागमा खेलाडीको नाम र जर्सी नम्बर लेखिएको छ । 

ट्वान्टी–२० विश्वकप आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुँदैछ । नेपालले दोस्रोचोटी विश्वकप खेल्न लागेको हो । सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेलेको थियो ।

टिप्पणीहरू