छुम्बी लामा क्यानको केन्द्रीय सदस्य मनोनित

छुम्बी लामा क्यानको केन्द्रीय सदस्य मनोनित
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई उक्त जिम्मेवारी दिएको हो । 

क्यानले आज सामाजिक सञ्जाल फेसबुकमार्फत लामा केन्द्रीय सदस्यमा मनोनित भएको जानकारी दिएको छ । क्यानको पेजमा लेखिएको छ,‘नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कमिटी सदस्यमा राष्ट्रिय खेलकुद परिषद्बाट मनोनित हुनुभएकोमा श्री छुम्बी लामालाई हार्दिक बधाई ।’

लामा क्यानको अघिल्लो कार्यकालमा पनि केन्द्रीय सदस्य थिए । त्यस्तै, उनले क्यानको चिफ अपरेटिङ अफिसरको रुपमा समेत काम पनि गरिसकेका छन् ।

टिप्पणीहरू