आयरल्यान्ड 'ए'विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

आयरल्यान्ड 'ए'विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन
सुन्नुहोस्

आयरल्यान्ड 'ए 'विरुद्धको दोस्रो टि-ट्वान्टी खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित पौडेलले शुरुमा ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

आज नेपाली टोलीमा २ परिवर्तन भएको छ । हिजोको खेलमा बेन्चमा बसेका अनिल शाह र विवेक यादव आज अन्तिम ११ मा पर्दा ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीलाई बाहिर राखिएको छ । 

 दुई खेलको शृंखलाअन्तर्गत हिजो भएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।
 

टिप्पणीहरू