खर्बपति सँधै एउटै टिसर्टमा ?

खर्बपति सँधै एउटै टिसर्टमा ?

फेसबुकका मालिक मार्क जुकरबर्ग डलर अर्बपति हुन् । उनको सम्पति १६४.८ बिलियनभन्दा बढी अमेरिकी डलर बराबर छ । यो नेपालीमा सरदर २२ खर्ब हुन आउँछ । 

आर्थिक रुपमा यति सम्पन्न व्यक्तिले जस्तोसुकै बिलासी जीवन बिताउन सक्छ । महँगो कपडा, महंगो खाना, बिलासी सामानको कुनै सीमा नहुनुपर्ने हो । 

तर जुकरबर्गको हकमा भने यी कुरा विल्कुल फरक पाइन्छ । उनी बिलासी जीवनशैलीमा खासै सौखिन देखिँदैनन् । डलर अर्बपति भएपनि सामान्य तरिकारले बाँच्न रुचाएको पाइन्छ । 

उनले एक पोडकास्टमा हालै दिएको अन्तर्वार्तामा पनि सामान्य टिसर्टमा देखिए । यस्तो टिसर्ट उनी अक्सर सार्वजनिक कार्यक्रमहरुमा लगाउँछन् ।

कार्यक्रम प्रस्तोताले जुकरबर्गलाई सोधे, ’तपाईं बसेको सिटमा अतिथिहरु प्रायः सुटमा आउँछन्, तर तपाईं टिसर्टमा हुनुहुन्छ १ ’

त्यसपछि जुकरबर्ग मुस्कुराउँदै जवाफ दिन्छन्, ’ड्रेसको काम अंग ढाक्नु हो । मलाई टिसर्टमा सजिलो लाग्छ ।’ 

प्रस्तोताले फेरि सोधे, ’केही वर्ष पहिले पनि एउटा युनिभर्सिटीको कार्यक्रममा तपाईंलाई यही टिर्सटमा देखेको थिएँ ।’

उनी फेरि हाँस्दै भन्छन्, ’सायद त्यतिबेला अर्को टिसर्ट हुनुपर्छ ।’

’टिसर्टको कलर यही नै थियो, सायद । टिसर्ट पनि यही नै हुनुपर्छ’, प्रस्तोता दावी गर्छन् । 

जुकरबर्ग बसेको पोजिसन परिवर्तन गर्दै भन्छन्,  ’होइन, होइन । मसँग एकै कलरका टिसर्ट २०÷२५ भन्दा बढी हुन्छन् । ती सबै एउटै डिजाइन, एउटै साइज, एउटै कलरका हुन् । देख्नेहरुलाई चाँही एउटै टिसर्ट लगाएको हो किन भन्ने लाग्न सक्छ । तर फरक–फरक लगाइरहेको हुन्छु ।’ 

लखपतिले खासै धेरै कपडा फेरेको देखिँदैन भन्ने प्रश्नको उत्तरमा भन्छन्, ’म तपाईंलाई भनिदिउँ कि सबै कपडा ब्राण्डेड हुन्छन् । म टाइ–सुट पनि लगाउँछु । तर एकदमै कम । केही पार्टी वा सरकारी कार्यक्रम पर्यो भने मात्र । नत्र म दैनिक अफिसमा, घुम्न जाँदा, कतै मिटिङमा, कतै प्रशिक्षणमा जाँदा वा कतै साथीहरुसँग भेटघाटमा जाँदा टिसर्ट लगाउँछु । म सकेसम्म जीवनलाई स्तरीय होइन, सजिलो बनाउने प्रयत्न गर्छु । जसमा मलाई आनन्द आउँछ ।’ 

‘एउटै प्रकारको टिसर्ट धेरै किन्दा होलसेल मूल्यमा पाइन्छ होला नी हैन ?’ भनेर सोधिएको अर्को प्रश्नको उत्तर यस्तो छ, ‘मूल्यमा म त्यति चासो राख्दिनँ । मेरो विचारमा टिसर्टलाई तीन सयदेखि चार सय डलर जति पर्न सक्छ ।’

उनी संसारकै चर्चित हावर्ड विश्वविद्यालयका ‘ड्रप आउट’ पढाइ छाडेर हिँडेका विद्यार्थी हुन् । तर उनले सोही विश्वविद्यालयमा धेरै पटक सूचना प्रविधि विषयका विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकेका छन् ।

टिप्पणीहरू