रास्वपाका माननीयलाई अंग्रेजी बोल्ने सचिव चाहियो,जाँच लिएर बल्ल नियुक्ति

रास्वपाका माननीयलाई अंग्रेजी बोल्ने सचिव चाहियो,जाँच लिएर बल्ल नियुक्ति

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले सचिवालय सचिव नियुक्तिका लागि आवेदन आह्वान गरेकी छन् । आज सार्वजनिक सूचना जारी गरेर उनले आफ्नो सचिवालयमा रहेर काम गर्न इच्छुक युवालाई पाँच दिनभित्र आवेदन दिन भनेकी हुन् ।  

मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन, राजनीतिशास्त्र, समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेकाले आवेदन दिन सकिने सूचनामा उल्लेख छ । समसामयिक राजनीतिक विषयमा जानकार, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान, सिप र दक्षता भएका, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएकालाई प्राथमिकतामा राखिने जनाइएको छ । 

नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल भएको, विषम परिस्थितिमा समेत काम गर्न अभिप्रेरित, इमानदारिता, सदाचारिता र नैतिकता भएको, नेपाली टाइप एवं सामान्य डिजाइन गर्न सक्नेलगायतका गुण आवेदकमा हुनुपर्ने छ । 

उम्मेदवार छनौटका लागि विभिन्न चरणमा परीक्षा हुनेछ । प्रारम्भिक चरणमा छनौट भएका आवेदकलाई मात्र लिखित परीक्षाका लागि बोलाइनेछ । लिखित, मौखित र प्रयोगात्मक परीक्षामा सामेल भएका उम्मेदवारलाई उत्कृष्टताको आधारमा छनौट गरिने जानकारी दिइएको छ ।

टिप्पणीहरू