एसईईमा २२ हजार बढीको ‘ए प्लस’, एक लाखको ‘सी प्लस’

एसईईमा २२ हजार बढीको ‘ए प्लस’, एक लाखको ‘सी प्लस’

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । 

जसअनुसार ३.६० देखि ४ ग्रेड (ए प्लस) ल्याउनेको संख्या २२ हजार ४६५ रहेको छ । यो ४ दशमलब ६३ हो । गत वर्ष ९ हजार ६३३ जनाले ए प्लस ल्याएका थिए ।  त्यस्तै, ३.२० देखि ३.६० ग्रेड (ए) ल्याउनेको संख्या ५५ हजार ६९ र २.८० देखि ३.२० ग्रेड (बी प्लस) ल्याउनेको संख्या ७२ हजार ३६२ रहेको छ । 

यता, २.४० देखि २.८० (बी) ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४० (सी प्लस) ल्याउनेको संख्या १ लाख २ हजार २९३ जना छ ।  १.६० देखि २ ग्रेड (सी) ल्याउनेको संख्या भने ८८ हजार ४४७ जना रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार नन ग्रेडको संख्या २.८९ प्रतिशत अर्थात् १३ हजार ९९२ रहेको छ । 

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ९६ विद्यार्थी सहभागी भएका थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक गरिएको हो । जसअनुसार सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्छन् । साथै, दुई विषयसम्म नन गे्रडिङ परे तत्काल गे्रडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । 

बोर्डले यस पटक गत वर्षको भन्दा नतिजामा सुधार देखिएको जनाएको छ ।

टिप्पणीहरू