नागार्जुनको लोगो बनाउनेलाई नगद पुरस्कार

नागार्जुनको लोगो बनाउनेलाई नगद पुरस्कार
सुन्नुहोस्

काठमाडौंको नागार्जुन नगरपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ । 

नगरपालिकाले सूचना प्रकाशित गर्दै नगरको मौलिक पहिचान र विशेषता झल्कने लोगो बनाउनेलाई पुरस्कृत गर्ने जानकारी दिएको हो । ‘समृद्ध नागार्जुनको आधार पर्यटनसहितको पूर्वाधार’ भन्ने आदर्श वाक्य रहेको नगरको गौरव र एकतामा सकारात्मक प्रभाव पार्ने लोगो तयार गर्नुपर्ने जनाइएको छ । 

नगरपालिकाले इच्छुक व्यक्तिलाई आगामी ३० दिनभित्र लोगो डिजाइन गरी पठाउन समय दिएको छ । 

डिजाईनरले लोगो पठाउँदा नगरपालिकाको इमेल ठेगानामा आफ्नो नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटालगायत अन्य सम्बद्ध कागजात समेत उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ । यसरी प्राप्त लोगोका डिजाइनहरुको संक्षिप्त सूची तयारी गरिनेछ । 

सूचीमा परेका डिजाइनलाई प्रस्तुतीकरण गर्न लगाई उत्कृष्ट छनौट गरिने नगरपालिकाले जनाएको छ । उत्कृष्ट लोगो डिजाइन पेश गर्ने डिजाइनरलाई ५० हजार रुपैयाँ पुरस्कारस्वरुप उपलब्ध गराइनेछ ।

टिप्पणीहरू