दुर्घटना

बैजनाथ खोलाले एक हुलाकीको ज्यान लियो

उदयपुरको बैजनाथ खोलाले बगाउँदा एक जना सन्देशवाहक हुलाकीको मृत्यु भएको छ । मृत्यु हुने उदयपुरगढी गाउँपालिका ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठ हुन । उनी अतिरिक्त हुलाक कार्यालय नरेटारमा पत्रवाहक कर्मचारीका रुपमा कार्यरत थिए । उनी नेपालटारबाट सोही गाउँपालिका ८ महादेवस्थान घर फर्कने क्रमा वैजनाथ खोला तर्ने क्रममा बगेका हुन । हिजो साँझ ६ बजेतिर श्रेष्ठ खोलामा बेपत्ता भएको खबर आएपछि उनको खोजीमा आफन्त र गाउँले र प्रहरी जुटेको थियो । उनको शव आज विहान ९ बजेतिर खोलाको घुमाउरो…

Page 80 of 83