भृकुटीमण्डपमा गृहमन्त्रीको पुत्लादहन

भृकुटीमण्डपमा गृहमन्त्रीको पुत्लादहन
सुन्नुहोस्

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्दै केही समयदेखि लगातार विरोध प्रदर्शन गर्दै आएको संघले आज काठमाडौँमा मशाल जुलुससहित पुत्लादहन गरेको छ । 

नेविसंघ आरआर क्याम्पस इकाई कमिटीको आयोजनामा साँझ प्रदर्शनीमार्गस्थित क्याम्पस गेट नजिकै डेढ दर्जनको संख्यामा उपस्थित विद्यार्थीहरुले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका हुन् । 

त्यसक्रममा उनीहरुले ‘सहकारी ठग्ने गृहमन्त्री राजीनामा दे’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘जिबी राई कहाँ छ रबिलाई थाहा छ’, जस्ता नारा लगाएका थिए ।


 

टिप्पणीहरू