प्रहरीसँगको भिडन्तमा आठ माओवादी मारिए, एके ४७ बरामद

प्रहरीसँगको भिडन्तमा आठ माओवादी मारिए, एके ४७ बरामद

प्रहरीसँग भएको दोहोरो भिडन्तमा भारतको छत्तिसगढ राज्यमा आठ जना माओवादी कार्यकर्ताको ज्यान गएको छ । टाइम्स अफ इण्डियाका अनुसार राज्यको बास्तर क्षेत्रमा हिजो बिहान भएको भिडन्तमा उनीहरु मारिएका हुन् । 

भारतीय प्रहरीका अनुसार प्रहरीको कारबाही जारी रहेकाले मारिनेको संख्या अझै बढ्न सक्ने छ । प्रहरीको विशेष लक्षित बलसँगको भिडन्त बास्तरको घना जंगलमा भएको हो ।

प्रहरीले शवसँगै अत्याधुनिक एके ४७ हतियार र बिस्फोटक पदार्थसमेत फेला परेको बताएको छ ।

टिप्पणीहरू