भोलि काम हुँदैन : दोहास्थित नेपाली दूतावास

भोलि काम हुँदैन : दोहास्थित नेपाली दूतावास

कतारको दोहास्थित नेपाली राजदूतावास भोलि बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको बिदाका काराण भोलि दूतावास बन्द गरिने जनाइएको छ ।

‘मे डे अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा २०८१ वैशाख १९ गते बुधबार तदनुसार ०१ मे २०२४ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, जारी सूचनामा उल्लेख छ । 

मजदुर दिवस हरेक वर्ष मे १ का दिन विश्वभर मनाइन्छ । मजदुर युनियनको आन्दोलनबाट शुरु भएको उक्त दिवसले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामका लागि वकालत गर्दछ । 

यो दिन अधिकांश मुलुकमा सार्वजनिक बिदा दिइन्छ । नेपालमा पनि भोलि सार्वजनिक बिदा छ ।

टिप्पणीहरू