आइतबारदेखि हराएका बालक अझै भेटिएनन्

आइतबारदेखि हराएका बालक अझै भेटिएनन्
सुन्नुहोस्

चितवनको भरतपुरबाट एक बालक हराएको छ । रौतहटको सन्तपुर नगरपालिका–८ स्थायी घर भई भरतपुर–१०, हाकिमचोकमा अभिभावकसँग बस्दै आएका १३ वर्षीय बालक सुवास पटेल आइतबार साँझदेखि हराएको परिवारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले हराएका गहुँगोरो वर्णका बालकको उचाइ ४ फिट र तौल ३० केजी रहेको जानकारी दिएको छ । उनको कपाल कालो र शरीर मोटो छ । 

उनले रातो टिसर्ट, कालो ज्याकेट र कालै रंगको पाइन्ट लगाएको बताइन्छ । हराएको छ दिन भइसक्दा पनि परिवारको सम्पर्कमा नआएका ती बालकलाई कोही, कसैले कतै देखेमा नजिकैको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनको फोन नम्बर ९८५५०९०४२२, ९८५५०९०१३३ मा खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

टिप्पणीहरू