रुसी सेनामा ज्यान गुमाउनेका आफन्तलाई बालुवाटार बोलाइयो

रुसी सेनामा ज्यान गुमाउनेका आफन्तलाई बालुवाटार बोलाइयो

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गर्दै आन्दोलन चर्काइरहेकाहरुले आज प्रधानमन्त्रीसँग भेट गरेका छन् । 

'रुसी सेनामा आबद्ध नेपालीकाे जीवनरक्षार्थ अभियान'को अगुवाइमा केही दिनयता भृकुटीमण्डपमा सामूहिक आमरण अनशन बसिरहेका उनीहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका हुन् । अभियानका संयोजक कृतु भण्डारीसहित १० जनाको टोलीले बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग भेटघाट गरेको बताइएको छ। 

रुसी सेनामा रहेका नेपालीको सकुशल उद्धार गरी स्वेदश फिर्ता ल्याउनुपर्ने, युद्धमा घाइतेको उचित उपचार र क्षतिपूर्तिको व्यवस्थापन गरिनुपर्ने, युक्रेनको कब्जामा रहेका पाँच जना युद्धबन्दीको उद्धार तथा मृतकको शव स्वदेश ल्याउन र बेपत्ताको खोजी गर्न माग गर्दै परिवारका सदस्य र आफन्तहरु लामो समयदेखि सडक संघर्षमा छन् । यसअघि उनीहरुले रुसी दूतावासअगाडि धर्नासमेत दिएका थिए ।

टिप्पणीहरू