राष्ट्रपतिद्वारा चुनावमा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपतिद्वारा चुनावमा सेना परिचालन गर्न स्वीकृति
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपचुनाव सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रुपमा परिचालन गर्न भन्दै सेना परिचालनको स्वीकृति दिइएको हो । वैशाख १० गतेको क्याविनेट बैठकको निर्णय र राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसबमोजिम संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति प्रदान भएको शीतल निवासले जनाएको छ । 

वैशाख १५ गते शनिबार इलाम-२ मा प्रतिनिधिसभा र बझाङ १ (१)मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

टिप्पणीहरू