प्रधानमन्त्री गोटीखेल हुँदै सर्लाही जाँदै, रक्षामन्त्री धुञ्चेबाट गोसाईंकुण्ड

प्रधानमन्त्री गोटीखेल हुँदै सर्लाही जाँदै, रक्षामन्त्री धुञ्चेबाट गोसाईंकुण्ड
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमा ललितपुरको बागमती गाउँपालिकाको गोटीखेल जान लाग्नुभएको छ ।

उहाँ बिहान १० बजे सेनाको एमआई १७ हेलिकोप्टरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट त्यसतर्फ जान लाग्नुभएको बताइएको छ । ललितपुरको  कार्यक्रमपछि उहाँ सर्लाही जाने र आजै साँझ राजधानी फर्कनुहुुने छ ।

उता रक्षामन्त्री हरिप्रसाद उप्रेती पनि सेनाको हेलिकोप्टरमा रसुवा जाने कार्यक्रम छ । उहाँ सेनाको इकुरेल हेलिकोप्टरमा बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिले रसुवाको सदरमुकाम धुञ्चे जानुहुने छ । त्यसपछि गोसाइँकुण्ड पुगेर साँझ राजधानी फर्कने कार्यक्रम बनाइएको छ ।

टिप्पणीहरू