ऊर्जा उत्पादकको कार्यक्रममा महिलाका कुरा

ऊर्जा उत्पादकको कार्यक्रममा महिलाका कुरा
सुन्नुहोस्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरुको सहभागिता बढाउन नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आज काठमाडौंमा आयोजना गरेको हिमालयन हाईड्रो एक्स्पोमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री चौधरीले व्यापार व्यवसायमा महिलाहरुको संख्या न्यून रहेकोमा चिन्तासमेत जनाउनुभएको छ । 

महिलाहरुलाई व्यापारमा लाग्न राज्यले हौसला दिनुपर्नेमा जोड दिनुभएका मन्त्रीले त्यसअनुसार काम गर्न आफनो मन्त्रालयले सक्दो पहल गर्ने वचन पनि दिनुभयो । इप्पानको कार्यक्रममा महिलासम्बन्धी चर्चा गर्नुभएकी महिला मन्त्रीले महिलामैंत्री बजेट बनाउनका लागि आफूले अन्तर मन्त्रालयहरुबीच छलफल गरेको पनि स्मरण गराउनुभयो । 

उहाँले  महिलाहरुलाई व्यापार व्यवसायमा आउनका लागि आवश्यक वातावरण बनाउनका लागि ऐन, कानून संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

टिप्पणीहरू