अशोकतिर लागेको भनिएका दिपक कार्की उपेन्द्रसँगै

अशोकतिर लागेको भनिएका दिपक कार्की उपेन्द्रसँगै

वन तथा वातावरण राज्यमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता दिपक कार्की संस्थान पक्षमा खुलेका छन् । उनको तर्फबाट प्रमुख स्वकीय सचिव राम नारायण कापडीले आज विज्ञप्ति जारी गर्दै कार्की विभाजित खेमामा नरहेको प्रष्ट पारेका हुन् ।

 

हिजो अशोक राइको नेतृत्वमा जसपाका असन्तुष्ट नेताहरुले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । जहाँ कार्कीसहित प्रतिनिधिसभाका ७ सांसद नयाँ दलको पक्षमा रहेको भनिएको थियो । 

तर, कापडीले राज्यमन्त्री कार्की संस्थापन पक्षमै यथावत रहेको र बाहिर चर्चा गरिएझैँ कुनै गुट वा दलसँग आवद्ध नरहेको जानकारी गराएका छन् ।

टिप्पणीहरू