आज बौद्ध, भोलि बालाजुको बाइसधारा र स्वयम्भूमा (फोटो फिचर)

आज बौद्ध, भोलि बालाजुको बाइसधारा र स्वयम्भूमा (फोटो फिचर)

प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा तेमाल जात्रा मनाइन्छ । तामाङहरूले परम्परागत रूपमा प्राचीनकालदेखि मनाउँदै आएका थुप्रै चाडपर्वमध्ये तिमाल जात्रा प्रमुख हो । 

यो समुदायले दिवंगत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकाले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउँछन् ।  

यस जात्राका क्रममा पितृमोक्षका लागि भोलि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बालेर पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।

टिप्पणीहरू