पार्टीभित्र कुनै विवाद नरहेको एमाले अध्यक्षको दाबी

पार्टीभित्र कुनै विवाद नरहेको एमाले अध्यक्षको दाबी
सुन्नुहोस्

नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वबारे पार्टीभित्र कुनै विवाद नभएको बताउनुभएको छ । उहाँले पार्टीलाई सशक्त राष्ट्रिय शक्तिको रुपमा उभ्याउने अभियानमा लाग्न सबै नेता तथा कार्यकर्तालाई निर्देशनात्मक आग्रह पनि गर्नुभएको छ ।

एमालेको आजदेखि शुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उक्त धारणा राख्नुभएको हो । उहाँले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक रहेकोमा जोड दिनुभएको सम्बोधन जारी छ ।

उहाँको भनाइ छ, ‘पछिल्लो महाधिवेशनयता उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरिएको छ ।’

टिप्पणीहरू