कम्युनिष्ट पार्टीबारे काँग्रेस सभापतिले साेमबार बाेल्ने

कम्युनिष्ट पार्टीबारे काँग्रेस सभापतिले साेमबार बाेल्ने

नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउने भएको छ ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले महोत्सव आयोजना गर्न लागेको छ । आगामी सोमबार गोदावरीको सनराइज हलमा विशेष समारोहबीच महोत्सवको उद्घाटन गरिने जानकारी दिइएको छ । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिको रुपमा सहभागी हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ । 

त्यसक्रममा कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोहअवरोह समावेश गरिएको भिडियो डकुमेण्ट्री प्रस्तुत गरिने जानकारी गराइएको छ । कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भसहित पार्टीको भावी कार्यक्रमबारे पनि समारोहमा आफ्नो दृष्टिकोणहरु राख्ने आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले बताए । 

एमालेले सोही हलमा भोलि र पर्सि महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बोलाएको छ । बैठकमा केन्द्रीय सदस्यसहित २४ सय ५४ जना प्रतिनिधिहरु सहभागी हुँदैछन् । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ ।

टिप्पणीहरू