डोल्पाको खेलकुद मैदानमा लाखौं भ्रष्टाचार

डोल्पाको खेलकुद मैदानमा लाखौं भ्रष्टाचार

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यमाथि भ्रष्टाचारको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन सब–इन्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

जिल्लाको ठूलीभेरी नगरपालिका–३, दुनैमा खैलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त रकम उनीहरुको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अनुसन्धानबाट फिल्डमा कम काम गरेर बढीको कार्यसम्पादन प्रतिवेदन तयार गरिएको पाइएको बताइन्छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम नौ लाख ९३ हजार ९४० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज मुद्दा दर्ता गरेको हो ।
 

टिप्पणीहरू