बैंकका सीईओको शपथ ग्रहण रिसोर्टमा

बैंकका सीईओको शपथ ग्रहण रिसोर्टमा

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले हिजो पद तथा गोपनियताको शपथ ग्रहण गरेको बताइएको छ । 

बैंकले निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको बिदाई गरेको छ । काठमाडौंको बूढानीलकण्ठस्थित एक रिसोर्टमा बिदाई र शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । ढकाल उक्त बैंकमा डेढ दशकदेखि प्रमुख कार्यकारी अधिकृत थिए भने उपाध्याय डेपुटी सीईओ थिए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाको उपत्यकामा २२ सहित देशभर १२३ शाखा कार्यालय, एउटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम छन् ।

टिप्पणीहरू