चीनको तिब्बत व्यापार मेला काठमाण्डौमा शुरु

चीनको तिब्बत व्यापार मेला काठमाण्डौमा शुरु

सत्रौं नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेला काठमाडौंमा शुरु भएको छ । आगामी शुक्रबारसम्म हुने मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुभएको छ । 

मेला उद्घाटन समारोहमा चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआन विशेष अतिथिको रुपमा सहभागी हुनुभएको छ । उपाध्यक्ष फुकुआन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो बिहान काठमाडौं आइपुग्नुभएको थियो । समारोहमा काठमाडौंस्थित चिनियाँ राजदूत छन सोङ,ल्हासास्थित नेपाली वाणिज्यदूत नवराज ढकाललगायत विशिष्ट पाहुनाहरुको सहभागिता छ ।

उता आजै बेलुका ४:३० बजे म्यारियट होटलमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतावीच तिब्बत र नेपालवीच कृषि सहकार्यसम्बन्धी विविध सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रमसमेत तय भएको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू