सिंचाई आयोजनामा लाखौं भ्रष्टाचार

सिंचाई आयोजनामा लाखौं भ्रष्टाचार

खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सिँचाई आयोजनामा किर्ते कागज बनाएर बढी भुक्तानी दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिमालसहित कार्यालयका सब–इञ्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तिर्थबहादुर शाहीलाई विपक्षी बनाएर आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

आर्थिक वर्ष २०७८-०७९ मा जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ५ स्थित सिंचाई आयोजनामा उनीहरुले मिलेमतो गरि भ्रष्टाचार भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनीहरुले झूठा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी उपभोक्ता समितिलाई पाँच लाख ६१ हजार ४८१ रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दाबी छ। 

आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरि कैद र जरिवानाको माग गरिएको छ ।

टिप्पणीहरू