मध्यपुरथिमी बन्यो सिन्दुरमय (फोटो फिचर)

मध्यपुरथिमी बन्यो सिन्दुरमय (फोटो फिचर)

भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा आज ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको हो । 

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा निकै प्रसिद्ध छ ।

मूल देवतालाई खटमा राखेर धिमेबाजाका साथ चिराग बाल्दै सिन्दुर जात्रा मनाइन्छ । जात्रालुलाई प्रत्येक चोक, चौबाटो, घर र टोलमा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।


 

टिप्पणीहरू