सुनखानीको शीरमा फुलेका राताम्मे गुराँस (फोटो फिचर)

सुनखानीको शीरमा फुलेका राताम्मे गुराँस (फोटो फिचर) फोटोः दिलचन पुन
सुन्नुहोस्

वसन्त ऋतु भन्ने बित्तिकै जो कोहीलाई गुराँसको धेरै सम्झना आउँछ । हिजोआज हिमाली तथा पहाडी क्षेत्रका जंगल गुराँस फुलेर राताम्य देखिन्छन् ।  

वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरुले विश्वमा ५० प्रजातिका गुराँस रहेको बताउँदै आएका छन् । तीमध्ये ३३ प्रकारका गुराँस नेपालमा रहेको वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । 

यसबीच रोल्पाका विभिन्न जंगल पनि यतिखेर गुराँस फुलेर ढपक्क छोपिएका छन् । मुख्यतयाः रोल्पाको जलजला, सातदोबाटो, होलेरी, सुनछहरीलगायत पहाडमा आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल बढेको छ । 

सदरमुकाम लिवाङदेखि ४८ किलोमिटर उत्तरपूर्वमा पर्ने सुनछहरी क्षेत्रमा गुराँस अत्यधिक मात्रामा फुलेका छन् । मगर सामुदायको बाहुल्यता सो क्षेत्रमा रहेको सुनछहरी झरना निकै चर्चित छ । 

झरनाभित्र सुनखानी रहेको स्थानीयको मान्यता छ । यसबारे कुनै वैज्ञानिक अध्ययन भएको छैन । सोही झरनाको शीरमा रहेको घुस्वाङ–तिलाजङको जंगलमा फूलेका गुराँसका तस्बिरले राताम्मे भएको जंगलका केही दृश्य हेरौं ः

टिप्पणीहरू