पाटनमा एउटा घोडा दौडेको दौड्यै (फोटो फिचर)

पाटनमा एउटा घोडा दौडेको दौड्यै (फोटो फिचर)

काठमाडौंको टुँडिखेलमा झैँ ललितपुरमा पनि हरेक वर्ष चैत्र कृष्ण औंसीको दिन घोडेजात्रा मनाइन्छ । तर पाटनको घोडेजात्रामा एउटा मात्र घोडा दौडाइन्छ । 

काठमाडौंको घोडेजात्राभन्दा पूरानो मानिने यो जात्रामा एउटा मात्रै घोडा प्रयोग गर्नुको छुट्टै विशेषता छ । बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले यो जात्रा सञ्चालन गर्दै आएको छ । 

स्थानीयले मल्लकालदेखि चल्दै आएको भने पनि यो जात्रामा महाभारतकालीन पात्रको प्रयोग गरिन्छ । पाटनको मूलचोकबाट सुरु भई विभिन्न स्थान हुँदै बालकुमारी परिक्रमा गरेपछि पुनः भोल गणेश हुँदै बालकुमारी पुग्ने गरिन्छ । नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान, सुपारी र दक्षिणा दिएर बिदावारी गरेपछि ललितपुरको घोडेजात्रा सम्पन्न हुन्छ । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

टिप्पणीहरू