भ्रष्टाचारको अर्को रुप : शिक्षकको तलबको नाममा चर्को शुल्क

भ्रष्टाचारको अर्को रुप : शिक्षकको तलबको नाममा चर्को शुल्क

दाङको राजपुर गाउँपालिकास्थित जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणी पोखरेलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल पोखरेलसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश चौधरीविरुद्ध समेत मुद्दा दायर गरेको छ । 

शैक्षिक सत्र २०७२ र ०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट निजी स्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिएर उनीहरुले अनियमिमता गरेको अनुसन्धानबाट खुलेको हो ।

आयोगका अनुसार कुनै पनि कारोबारमा रसिद प्रयोग नगरी सानो चिर्कटोको भरमा रकम उठाएको, विद्यार्थीबाट उठेको रकम मनोमानी खर्च गर्नुका साथै दोब्बर दस्तुर वा रसिदमा उल्लेखभन्दा बढी रकम विद्यार्थीबाट लिएको पाइएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आठ लाख ९२ हजार २६७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू